हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव अर्याल नियुक्त
बैंकको शनिबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त भएका छन् । बैंकको शनिबार बसेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै, आजै बसेको सञ्चालक समितिको बैठकले यसअघि बैंकको अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ ।
