आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर

विज्ञापन
ncell

यसअघि आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ र चाँदीको मूल्य ४ हजार ७ सय ८० रुपैयाँ थियो ।

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ थियो । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ निर्धारण गरिएको छ । आइतबार पनि चाँदीको मूल्य ४ हजार ७ सय ८० रुपैयाँ थियो । आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य भने स्थिर रहेको हो ।