पल शाहले लगेको राहत बाँडेको आरोपपछि आशिकाले गरिन् यस्तो टिप्पणी..

विज्ञापन
ncell

पल शाहको टोलीले खाद्य सामग्री नलगी सिरक र डस्ना मात्र लिएर गएको थियो भने आफूहरूले खाद्यान्नसहित विभिन्न आवश्यक सामग्री लगेको थियो । उनले आफूले लगेको फ्रुटीको डिब्बा पल शाहको हातमा दिँदै पीडितहरूलाई वितरण गर्न आग्रह गरेको बताएकी छन्।

काठमाडौं । रसुवा बाढीपीडितलाई राहत वितरण गर्ने क्रममा अभिनेता पल शाहसँग जोडिएको विषयमा सांसद आशिका तामाङले स्पष्टीकरण दिएकी छन्। सामाजिक सञ्जालमार्फत उनले केही नेपालीको सोच पार्टीभन्दा माथि उठ्न नसकेको टिप्पणी गर्दै राहत वितरणसम्बन्धी वास्तविकता फरक रहेको दाबी गरेकी हुन् ।

तामाङका अनुसार पल शाहको टोलीले खाद्य सामग्री नलगी सिरक र डस्ना मात्र लिएर गएको थियो भने आफूहरूले खाद्यान्नसहित विभिन्न आवश्यक सामग्री लगेको थियो । उनले आफूले लगेको फ्रुटीको डिब्बा पल शाहको हातमा दिँदै पीडितहरूलाई वितरण गर्न आग्रह गरेको बताएकी छन्। तामाङले लेखेकी छन्, ‘मैले लगेको फ्रुटीको डिब्बा पल शाहजीको हातमा लगेर दिएर तपाईं नबस्नुस्, फ्रुटी बाँड्नुस् भनेर दिएको हुँ ।’

उनका अनुसार पल शाहको टोलीका एक सदस्यले राहत सामग्री पीडितलाई बाँडेर मात्र जाने बताएपछि आफूले करिब ४५० जना बाढीपीडितलाई लाइनमा बस्ने वातावरण मिलाएकी थिइन् । सांसद तामाङले राहत वितरणको विषयलाई लिएर विभिन्न किसिमका टिप्पणी भइरहेको उल्लेख गर्दै वास्तविकता नबुझी पार्टीगत दृष्टिकोणबाट विषयलाई हेर्न नहुने उनले बताएकी छन् । उनले बाढीपीडितको पीडामा राजनीति गर्नुभन्दा सबैले मानवीय भावनाका साथ सहयोगमा जुट्नुपर्ने सन्देशसमेत दिएकी छन् ।