प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै
प्रधानमन्त्री शाहको सचिवालका अनुसार रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग शाहले छलफल थालेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल सुरु गरेका छन् । प्रधानमन्त्री शाहको सचिवालका अनुसार रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग शाहले छलफल थालेका हुन् ।
शाहले केहीबेरअघि प्रधान सेनापति अशोकराज सिग्देलसँग हालसम्म भएका खोज, उद्धार, राहत तथा व्यवस्थापनका मामिलामा ब्रिफिङ लिएका थिए ।
उनले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकसँग पनि ब्रिफिङ लिन लागेका हुन् ।
केहीबेरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग र त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै ब्रिफिङ लिने कार्यसूची रहेको उनको सचिवालयले जनाएको छ ।
