बाढी प्रभावितका लागि साइमेक्स बीवाइडीको ७ करोड सहयोग
कम्पनीले प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ७ करोडको चेक हस्तान्तरण गरेको हो ।
काठमाडौं- बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि साइमेक्स बीवाइडीले ७ करोड सहयोग गरेको छ ।
कम्पनीले प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ७ करोडको चेक हस्तान्तरण गरेको हो ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।