बाढी पीडितलाई प्रभु बैंकले दियो २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

विज्ञापन
ncell

प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

भदौ १० गते बिहान रसुवा जिल्ला भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीले भोटेकोशी र त्रिशुली नदी किनारमा रहेका बासिन्दाहरुलाई अपुरणीय मानविय तथा भौतिक क्षति पु¥याएको छ ।

उत्पन्न विनाशकारी विपदले राष्ट्रलाई ठूलो जनधनको क्षति पु¥याएको परीपेक्षमा, विपदको यस दुःखद् घडीमा पीडित एवम् प्रभावित परीवारहरुका लागि सहायता स्वरुप तथा पिडितहरुको खोजतलास, उद्धार र राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्धेश्यले सरकारलाई प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरे ।