प्रधानमन्त्री बालेनले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै

विज्ञापन
ncell

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उनले सम्बोधन गर्ने तयारी भइरहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उनले सम्बोधन गर्ने तयारी भइरहेको संघीय संसद सचिवालय स्रोतले जनाएको छ ।

गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको छ । यसबारे प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गरेका छैनन् । उनले सामाजिक सञ्जालमार्फत मात्रै सरकारले गरेका खोज, उद्धार तथा राहतका बारेमा भइरहेका प्रगतिबारे जानकारी गराइरहेका छन् ।