सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि
बिहीबार छापावाल सुन प्रतितोला तीन लाख चार हजार नौ सय र चाँदीको मूल्य चार हजार सात सय २५ कायम भएको थियो ।
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य प्रतितोला २ हजार पाँच सय र चाँदीको मूल्य ४० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख सात हजार चार सय र चाँदीको मूल्य चार हजार सात सय ६५ कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला तीन लाख चार हजार नौ सय र चाँदीको मूल्य चार हजार सात सय २५ कायम भएको थियो ।