सांग्रिला बैंकको सीईओमा रविन सिजापति
तत्कालिन सीइओ सुयोग श्रेष्ठको दोस्रो कार्यकाल सकिएपछि बैंकको नेतृत्व सिजापतिले पाएका हुन् । सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा आबद्ध थिए ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले सिजापतिलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । तत्कालिन सीइओ सुयोग श्रेष्ठको दोस्रो कार्यकाल सकिएपछि बैंकको नेतृत्व सिजापतिले पाएका हुन् ।
सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा आबद्ध थिए । बैंकिङ तथा वित्तीय क्षेत्रमा लामो अनुभव हासिल गरेका उनी चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । वित्तीय व्यवस्थापन, बैंकिङ सञ्चालन तथा संस्थागत रणनीतिसम्बन्धी क्षेत्रमा उनको अनुभव रहेको छ ।
