सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेको छ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ हजार ४ सयले घटेर ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ ।
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ हजार ४ सयले घटेर ३ लाख १ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाख ४ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ३५ रुपैयाँले घटेर ४ हजार ६९० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४ हजार ७२५ मा कारोबार भएको थियो ।
