एनआईएमबी बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख धरौटीमा रिहा
पाण्डेलाई राज्यको स्वामित्वमा गइसकेको स्मार्ट सेलको सम्पत्ति बेचेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धान गरेको प्रतिवेदनमा आधारमा सरकारी वकीलको कार्यालयले मुद्दा दर्ता गराएको थियो ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्ष पृथ्वीबहादुर पाँडे धरौटीमा रिहा भएका छन् । सोमबार काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश नवराज दुलालको इजलासले पाँडेलाई ४० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
पाँडेविरुद्ध गत साउन २७ गते ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो । अदालतले मागेको धरौटी रकम बुझाएपछि उनी सोमबार नै रिहा भएका छन् ।
पाण्डेलाई राज्यको स्वामित्वमा गइसकेको स्मार्ट सेलको सम्पत्ति बेचेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धान गरेको प्रतिवेदनमा आधारमा सरकारी वकीलको कार्यालयले मुद्दा दर्ता गराएको थियो ।
यसअघि एनआईएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा भएका थिए ।