‘हामी कसैसँग राजनीति सिक्न आएका होइनौं, सिकाउन आएका हौँः गृहमन्त्री गुरुङ
उनले नेपाललाई स्वीट्जरल्याण्ड वा सिंगापुर बनाउने नभई आफ्नै पहिचानसहितको नेपाल निर्माण गर्ने बताए । उनले सरकारको कामप्रति विश्वास गर्न नागरिकलाई आग्रह समेत गरे ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् ।
जेन-जी शहीद दिवसका अवसरमा जेन-जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले नयाँ पुस्ता पुरानो राजनीतिक शैली सिक्न नभई त्यसलाई सच्याउन आएको बताएका हुन् ।
नयाँ पुस्ताको सरकारले पुरानो राजनीतिक संस्कारलाई परिवर्तन गर्ने उनको दाबी छ । वर्तमान सरकारले जनतालाई शासन गर्ने नभई सेवा गर्ने राजनीतिक संस्कार विकास गर्ने उनले बताए । पुरानो पुस्ताले जनतामाथी राज मात्रै गरेको उल्लेख गर्दै उनले नयाँ पुस्ताले जनाको सेवा गर्ने बताए। उनले नयाँ पुस्ता सरकारमा टिका लगाएर नभई निर्वाचनमा दुईतिहाई मत ल्याएर आएको बताए ।
उनले आफूहरुलाई राजनिति, संस्कार र सरकार चलाउन नसकिउन पुराना राजनितिक दललाई आग्रह गरे । आफूहरूको बोली, शैली वा काम गर्ने तरिका कतिपयलाई असहज लाग्न सक्ने भएपनि गलत काम नगर्ने उनको दाबी छ । वर्तमान सरकार तीन करोड नेपालीको आशा भएको दाबी गर्दै उनले सरकारको उद्देश्य पछाडि फर्किने नभई नयाँ नेपाल निर्माणतर्फ अघि बढ्ने रहेको बताए ।
उनले नेपाललाई स्वीट्जरल्याण्ड वा सिंगापुर बनाउने नभई आफ्नै पहिचानसहितको नेपाल निर्माण गर्ने बताए । उनले सरकारको कामप्रति विश्वास गर्न नागरिकलाई आग्रह समेत गरे ।
