चार दिनको वृद्धिपछि नेप्सेमा ब्रेक, कारोबार रकम ४ अर्ब १९ करोड माथि

विज्ञापन
ncell

आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

काठमाडौं । बुधबार सेयर बजार घटेर बन्द भएको छ । लगातार चार दिनसम्म सुधारको बाटोमा रहेको सेयर बजार आज भने घटेको हो । आज सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५.४३ अकंले घटेर २५४५.४० बिन्दुमा कायम भएको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ ।

 नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । सोमबार ३ अर्ब ८३ करोड रुपैँया बराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब १९ करोड ८९ लाख को सेयर खरिद बिक्री भएको छ ।  आज अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

त्यस्तै, शुभम् पावरको सेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ । कारोबारमा आएको इमर्जिङ्ग नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयरमूल्य आज १५ प्रतिशत घटेको छ ।  कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको १७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । 

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक २।३७ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त, होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्दा १९२ कम्पनीको घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।