नेप्से २६०० को विन्दु नजिक, कारोबार रकम पनि ४ अर्ब ६५ करोडमा सीमित

१२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य आज सर्वाधिक ९.१८ प्रतिशत बढेको छ ।

काठमाडौं ।  सेयर बजार लागतार दोस्रो दिन घटेको छ । नेप्से परिसूचक मंगलबार ९.६२ अंक घटेर २६०३.७१ विन्दुमा आएको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक घटेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ३८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । 

१२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य आज सर्वाधिक ९.१८ प्रतिशत बढेको छ । त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईमूल्य सर्वाधिक ५.४४ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अगाडि रहेको छ। कम्पनीको २२ करोड ९९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । शिवम् सिमेन्ट्सको १७ करोड रुपैयाँभन्दा बढी र सिद्धार्थ बैंकको साढे १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये ११ वटाको सूचक घटेको छ भने दुईवटा मात्रै बढेका छन्। निर्जीवन बीमा र अन्य उपसमूह सामान्य बढ्दा व्यापार उपसमूहमा सबैभन्दा बढी दबाब देखिएको छ। व्यापार उपसमूहको सूचक १.८७ प्रतिशत घटेको छ ।

आज कुल १९९ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा जम्मा ६९ कम्पनीको मूल्य बढेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ ।