माउन्टेन इनर्जी नेपालको २० प्रतिशत बोनस सेयर घोषणा, साधारण सभा कहिले?
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ कात्तिक १० गते बुक क्लोज गर्ने भएको छ ।
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज २६ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ कात्तिक १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, कात्तिक ९ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् । कम्पनीले कात्तिक २० गते साधारण सभा बोलाएको छ ।