सुन तोलामा २ हजार २ सय र चाँदी ६० रुपैयाँले घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ हजार २ सयले घटेर २ लाख ९२ हजार २ सयमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ हजार २ सयले घटेर २ लाख ९२ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९४ हजार ४ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर ४ हजार ३५५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४ हजार ४१५ मा कारोबार भएको थियो ।