सुन तोलामा १ हजार ७ सय र चाँदी ११५ रुपैयाँले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचादीँको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार ७ सय रुपैयाँले बढेर २ लाख ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बिहिबार सुन प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ११५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार १५० रुपैयाँ कायम भएको छ ।