राष्ट्रपतिबाट २ अध्यादेश जारी, १ विधेयक प्रमाणीकरण

साथै संघीय संसदबाट पारित भई पठाइएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २ वटा अध्यादेश जारी गरेका छन् । साथै एक वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सरकारको सिफारिसमा नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश जारी गरिएको छ ।

साथै संघीय संसदबाट पारित भई पठाइएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको छ ।