सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ ।

काठमाडौँ । बडादसैंपछि आइतबार पहिलो पटक खुलेको बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

यसअघि गत कार्तिक २ गते सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ र चाँदीको मूल्य ४ हजार १८५ रुपैयाँ रहेको थियो । 

यसअनुसार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँ घटेको छ ।