छिमेक लघुवित्तले घोषणा गर्यो २५ प्रतिशत लाभांश, बोनस र नगद कति ?
काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
घुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ११.९६ प्रतिशत बोनस सेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १३.०३ प्रतिशत नगद लाभांश रहेको छ ।
कात्तिक १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेश्चित सो दरमा लाभांश वितरण गरिनेछ ।