कान्तिपुर फर्मास्युटिकल्सलाई १७ करोडको आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

स्वीकृति पाएसँगै कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरले कुल १७ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।

काठमाडौं । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ । बोर्डले कम्पनीलाई विवरणपत्र प्रकाशन तथा सेयर निष्कासनका लागि २०८३ कात्तिक १९ गते अन्तिम स्वीकृति प्रदान गरेको हो । स्वीकृति पाएसँगै कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरले कुल १७ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । यसअनुसार कम्पनीले सर्वसाधारणका लागि कुल १७ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले निष्कासन मिति तोकेर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र दोस्रो चरणमा आम सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्ने प्रक्रिया अगाडि बढाउनेछ ।