मेची भन्सारबाट १५ अर्ब ९३ करोड राजस्व असुली
न्यून गुणस्तरका वस्तुहरू नेपाल भित्रिनु उपभोक्तामाथि अन्याय भएको र यस्तो कार्यले दीर्घकालमा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने उनको भनाइ छ ।
काठमाडौं ।न्यून गुणस्तरका वस्तुहरू नेपाल भित्रिनु उपभोक्तामाथि अन्याय भएको र यस्तो कार्यले दीर्घकालमा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने उनको भनाइ छ । यसअघि आव २०८०/८१ मा १४ अर्ब २३ करोड ५२ लाख ६० हजार र आव २०७९/८० मा १४ अर्ब चार करोड पाँच लाख ९२ हजार राजस्व असुली भएको भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए ।
आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा कार्यालयले एक अर्ब ६९ करोड ५९ लाख छ हजार बढी राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयले आव २०८१/८२ मा रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व असुलीको लक्ष्य राखेको थियो । भन्सारका सूचना अधिकारी हुमागाईँले लक्ष्यको तुलनामा ९१ दशमलव ८६ प्रतिशत प्रगति भएको बताए ।
नेपालको पूर्वी प्रवेशद्वार मानिएको काँकडभिट्टामा रहेको यो भन्सार हुँदै पेट्रोलियम पदार्थ, तरकारी, यातायातका साधन र तिनका पार्टपुर्जा, खनिज उत्पादन, प्लास्टिकका कच्चा पदार्थ, कफी, दलहन, फलफूल, इलेक्ट्रिक मेसिनरी उपकरण, फलाम तथा फलामका सामग्रीलगायत वस्तु आयात हुने गरेको छ ।
त्यसैगरी, यस नाकाबाट निर्यात हुने प्रमुख वस्तुहरूमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्लिसो, भेनियर पाता, मोलासिस, सिमेन्ट क्लिंकर, अदुवालगायत छन् ।