राष्ट्रिय क्रिकेटका कप्तानहरु र मेटलाइफद्वारा सुरक्षित भविष्यका लागि जीवन बिमामा जोड
काठमाडौं। मेटलाइफ नेपालले जीवन बिमा र क्रिकेट जस्ता दुई शक्तिशाली क्षेत्रलाई एकताबद्ध गर्दै राष्ट्रिय पुरुष र महिला क्रिकेट टोलीका कप्तानहरू रोहित पौडेल र इन्दु बर्मासँग सहकार्य गरेको छ।
यस सहकार्यको उद्देश्य बिमालाई सुरक्षा र वित्तीय योजना बनाउने उपकरणका रूपमा प्रवर्द्धन गर्नु हो।
नेपालमा पहिलो पटक दुवै टिमका कप्तानहरू साहस, आशा र राष्ट्रिय गौरवका प्रतीक हुन्। अब भविष्य सुरक्षित गर्ने महत्त्वपूर्ण सन्देश फैलाउने अभियानमा अगाडि छन्।
यो साझेदारी साझा मूल्य, सहनशीलता, तयारी र भविष्यप्रति चिन्ताको कथाको रूपमा प्रस्तुत गरिएको छ। मेटलाइफले राष्ट्रिय क्रिकेट टोलीहरूलाई बिमा कभरेजमार्फत प्रायोजन पनि गरेको छ। राष्ट्रलाई प्रेरणा दिने व्यक्तिहरूको सुरक्षा गर्न प्रतिबद्ध रहेको छ।