सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ४ सय रूपँयाले घटेर १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६ सय रूपैयाँ रहेको थियो । आज प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला १५ रूपँयाले घटेको छ । बुधबार चाँदीको प्रतितोला २ हजार ३ सय ५० रूपैयाँमा कारोबार भएको थियो , आज २ हजार ३ सय ३५ रुपैयाँमा करोबार भइरहेको छ ।