तेह्रथुम पावरको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन आज
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले असार १६ गतेदेखि १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ४० करोड रुपैयाँको ४० लाख कित्ता हकप्रद सेयर निष्कासनमा गरेको हो ।
हकप्रद सेयमार जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । जेठ ५ गते बुक क्लोज गरिएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ छ । हकप्रद निष्कासन पश्चात ८० करोड रुपैयाँ पुग्नेछ ।