तेस्रो पटक ३००० माथि चढेपछि ३२०० बाटोमा नेप्से

साताको पहिलो दिन सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) तेस्रो पटक ३ हजार विन्दू पार भएर कारोबार भइरहेको छ । लगातार नवौं दिन बढेर कारोबार भइरहेको नेप्सेले आइतबा। सुरुवाती एक घण्टामा ३ पटक ३ हजार विन्दूलाई छोएको छ । गत वर्ष साउन ३१ गते ३०००.८१ ऋंकमा तल झरेको बजारले पछिल्ला दिनहरुमा सकारात्मक चाल समाइरहेको छ । खासगरि चालु आर्थिक वर्ष मौद्रिक नीतिसँगै सूचकले नयाँ गन्तब्य खोजिरहेको छ र कारोबार रकममा पनि विस्तारै सुधार देखिइरहेको छ । यद्यपी कारोबार रकमले गत वर्ष उच्च रकमलाई पछ्याउन भने सकेको छैन । 

गत विहीबार २९८२.६४ अंकमा रोकिएको नेप्से आइतबार ३००८.५१ अंकसम्म पुगेको छ । तर, बजारमा खरिद विक्रीबीच निकै रस्साकस्सी भइरहँदा पनि मुल्य बढ्ने संकेतले लगानीकर्ताहरु उत्साहित छन् । सूचक निरन्तर बढिरहँदा पुरानो उच्चतम अंक तोडेर अघि बढ्नलाई तयारी अवस्थामा रहेको अनुमान गर्न सकिन्छ ।