कांग्रेस महाधिवेशन २०८३ को दसको सेरोफेरोमा हुन्छ : सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को दसैंको सेरोफेरोमा आयोजना हुने बताएका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता सिटौलाले क्रियाशील सदस्यताकै समय कायम रहेकाले २०८३ दसैंअघि महाधिवेशन नहुने बताए ।
उनले २०८३ मंसिरभन्दा उता लैजाने अवस्था नरहे पनि कांग्रेस महाधिवेशन कहिल्यै पनि समयमा अर्थात् ४ वर्षमा नभएको बताए ।
उनले सरकारले सन्तोषजनक काम नगरे पनि तत्काल अर्को सरकार वा गठबन्धन बन्ने सम्भावना नरहेको प्रस्ट पारे ।
उनले संविधानबमोजिम नै राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई सुझावसहित प्रतिनिधिसभामा पठाएको बताए ।