नेसनल लाइफको गाला कन्सर्ट सम्पन्न
नेसनल लाइफ इन्स्योरेन्सले २०८२ जेठ महिनामाजारी गरेको मासिक योजनाअनुरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुका लागि भैरहवाको होटल सिद्धार्थ भिलासामा नेसनल लाइफ गाला कन्सर्ट सम्पन्न गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरेको सो कार्यक्रममा विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखाप्रमुखहरु गरी करिब ३ सय ५० जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आमन्त्रित अभिकर्ताहरुलाई स्ट्रेस म्यानेजमेन्टसम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिएको थियो ।
प्रशिक्षणका क्रममा चर्चित प्रशिक्षक रामहरि पौडेलले तनाव व्यवस्थापन गर्ने विभिन्न आयामहरु प्रस्तुत गरेको थिए भने सो पश्चात् मनोरञ्जनात्मक एवं सांगितिक प्रस्तुतिले भरिपूर्ण गाला कन्सर्टमा स्ट्याण्ड अपकमेडियन सुमन कोइरालाको कमेडी प्रस्तुतिसहित नेपालकाचर्चित कलाकारहरु प्रकाश सपुत, समीक्षा अधिकारी,बावुल गिरी र भोजपुरी गायक सोनु कुमार मण्डलको बेजोड सांगीतिक प्रस्तुति रहेको थियो । यसै गरी चर्चित डीजे अमुको प्रस्तुतिमा अभिकर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।
भव्य रुपमाआयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको माग तथा चाहनालाई मध्यनजर गर्दै गत साल भव्य रुपमा सफल भएको गाला कन्सर्टलार्इ निरन्तरता दिएको र यस योजनालाई देशै भरीका अभिकर्ताहरुको उत्साहजनक उपस्थितिले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पनि बताए ।
थप तस्बिरहरू