कालिका लघुवित्त वित्तीय संस्थाको नाफा बढ्यो

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १० करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ३६.४२ प्रतिशत बढेको हो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५०.२९ प्रतिशत र अन्य सञ्चालन आम्दानी ८३.८८ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ५४।.८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९५.८९ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड १९ रुपैयाँ रहेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ २३ पैसा बढेर २६ रुपैयाँ ५१ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३९.९६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ८६ रुपैयाँ ४४ पैसा रहेको छ।