सुनको मूल्य तोलामा ५ सय कम
साउन १६ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात बिहीबार पनि सुन र चाँदीको मूल्य घटेको थियो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यस्तो सुन प्रतितोला १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको हो।
त्यस्तै, यस दिन चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँ घटेको छ। बिहीबार तोलाको २ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन तोलाको २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ।