नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति

नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले बैंकलाई १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यका २६ करोड २४ लाख ६७ हजार ७ सय रुपैयाँबराबरको २६ लाख २४ हजार ६ सय ७७ कित्ता हकप्रद सेयर निष्कासन गर्न साउन १५ गते बोर्डबाट अनुमति पाएको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आर्इएमई क्यापिटल लिमिटेड रहेको छ।