आज आइतबार विदेशी मुद्रा सटही कतिमा हुँदैछ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा तोकेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा निर्धारण गरेको छ ।
राष्ट्र बैंककाअनुसार आइतबार बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा तोकेको छ । उता, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०८ रुपैयाँ १३ पैसामा खरिद विक्री गर्न सकिने व्यवस्था गरेको छ ।
त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरि थाइ भाट एकको खरिददर ४ रुपैयाँ २६ पैसा र बिक्रीदर ४ रुपैयाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३७ पैसा र बिक्रीदर २१ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।
राष्ट्र बैंकले आइतबारुका लागि तोकेका विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाइएको छ ।
थप तस्बिरहरू