एन आई सी एशिया क्यापिटलले गत आवको मुनाफाबाट सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश दिने

एन आई सी एशिया क्यापिटलको साउन १८ गते सम्पन्न सञ्चालक समितिको १६०औं बैठकको निर्णयानुसार क्यापिटलको नवौं वार्षिक साधारणसभा यही भदौ १८ गते बुधबार एन आई सी एशिया क्यापिटलको, रजिस्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजे हुने भएको छ ।

उक्त वार्षिक साधारणसभाबाट आव २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्नेलगायतका प्रस्तावउपर छलफल गरी पारित गर्ने व्यहोरा कार्यक्रम छ । यस एन आई सी एशिया क्यापिटलले सातौं वार्षिक साधारणसभासम्म आउँदा २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ भने नबौं वार्षिक साधारणसभामा प्रस्ताव गरेको ५० प्रतिशत नगद लाभांशसमेत गरी २९० प्रतिशत नगद लाभांश वितरण गर्न सफल हुनेछ ।  

आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकहरु माँझ पु¥याउन ‘अब लाइनमा होइन, क्यापिटलको सेवा अनलाइनमा’ भन्ने मूलनाराका साथ अगाडि बढेको यस क्यापिटलले आव २०८१/०८२ को अन्त्यसम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवा अनलाइनमार्फत उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।