नगद लाभांश र आइजिन विवाद देखाएर घटाइयो सेयर बजार, १३ अर्बमा खुम्चियो कारोबार

गत साता ४ वर्षकै उच्च विन्दुमा पु¥याइएको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बैंक तथा वित्तीय संस्थालाई नगद लाभांस दिन गभर्नर डा. विश्वनाथ पौडेलले दिएको निर्दे््न र जलविद्युतको सेयरमा आइजीन विवाद देखाएर आइतबार पनि उच्च अंकले घटाइएको छ । 

गत साता मंगलबार ३००२.०७ अंकमा रहेको नेप्से त्यसपछि ३ दिन लगातार घटिरहेको छ । बुधबार ४७.९३ अंकले घटेको नेप्से विहीबार थप ३१.५० अंकले घटेको थियो । साताको पहिलो दिन आइतबार पनि ६५. अंकले घटर नेप्से ६३.७३ विन्दुमा रोकिएको छ । यसअघि २०८२ असार ्र३० २७२५.७१ विन्दुमा रहेको नेप्से लगातार १२ कारोबार दिनमध्ये ११ दिन बढेर उच्च अंक चुमेको थियो । तर, त्यसपछि गत बुधबारदेखी लगातार ३ कारोबार दिन सूचक उच्च अकमा घटिरहेको छ ।

तेस्रो दिन पनि सेयर बजार सूचक निरन्तर घटेपछि लगानीकर्ताहरु संशकित देखिएका छन् । यसरी बजार घटनुमा नाफा बुक गरेको मात्र नभएर गभर्नर पौडेलले दिएको अभिव्यक्ति र जलविद्युत कम्पनीहरुको सेयर लगत देखिएका समस्या मुख्य कारणका रुपमा व्याख्या गरिएको छ । 

केही समययता गभर्नर पौडेल बैंक तथा वित्तीय संस्थालाई बोनस सेयर सट्टा नगद लाभांस दिन निर्देशन दिएको भन्दै लगानीकर्ताहरुले आक्रोश पोखेका छन् । उता, अन्र्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आइजीन) विवादका कारण जलविद्युत लगानीकर्ताहरु सशंकित छन् । आइजीन विवादलाई देखाएर अर्वौ रुपैयाँ बन्धक हुन लागेको निजी क्षेत्रले आक्षेप लगाइरहेको छ । त्यसैको सेरोफेरोमा पछिल्ला ३ दिन बजार घटिरहेको छ । 

पछिल्लो समय सेयर सूचक घटेको मात्र होइन कारोबार रकम पनि घटिरहेको छ । आइतबार १३ अर्व ७ करोड ५० लाख रुपैयाँमा सेयर किनबेच रोकिएको छ । गत विहीबार १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँमा खुम्चिएको छ । बुधबार १६ अर्ब ५२ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।