मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘एमएन अस्पताल’मा विशेष छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले काठमाडौंको बसुन्धरामा रहेको एमएन अस्पतालसँग विशेष छुट गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
सम्झौतापछि मुक्तिनाथका ग्राहकहरुले एमएन अस्पतालबाट प्रदान हुने विभिन्न सेवाहरु जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी, आदिमा १५ प्रतिशतसम्म छुट पाउने छन् ।
यस प्रकारको सहकार्यबाट ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र किफायती रुपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यसअघि बैंकले मोवाईल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको थियो भने अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि संचालनमा ल्याएको थियमे ।
त्यसैगरी मोबाईल बैंकिङ्ग, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा लगाएतका अन्य कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था छ ।