बढ्यो अमेरिकी बढ्दा घट्यो पाउण्ड र युरो, यस्तो छ आजको विदेशी मुद्रा सटही
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा तोकेको छ । यो विनिमय दर मंगलरबारको भन्दा बढी हो । मंगलबार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा तोकेको थियो ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५३ पैसा छ । मंगलबार युरो एकको खरिददर १६२ रुपैयाँ ७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा थियो । त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा छ । मंगलबार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २३ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३ पैसा थियो ।
यस्तो छ आजको अन्य मुद्राको सटही दर
राष्ट्र बैंकले बुधबार स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा कायम गरेको छ । त्यसैगरि अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५५ पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ८० पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६९ पैसा र बिक्रीदर २१ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४६० रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ १२ पैसा र विक्रीदर ३६५ रुपैयाँ ६७ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।