सुनको मूल्य आज सय रुपैयाँ घट्यो
साउन २१ गते, बुधबार, नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला सय रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ। यस दिन चाँदी प्रतितोला दुई हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।