नाइमा अटो शोमा जेको जे–५ सार्वजनिक भयो

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा नयाँ विद्युतीय सवारीसाधन एसयुभी ‘जेको जे–५’ सार्वजनिक भएको छ । ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एसयुभी ‘जेको जे–५’ सार्वजनिक गरेको हो ।

यसको मूल्य नेपाली बजारमा ६० लाख ९९ हजार तोकिएको छ । नाइमा अटो शोमा यस गाडीको अफर मूल्य ५६ लाख ९९ हजार रुपैयाँ अफरमा राखिएको छ ।

कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा इ–५ र जेइको जे–६ इभी लाइनअपसँगै नयाँ जेइको जे–५ ले बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ अध्याय सुरू गर्ने लक्ष्य लिएको छ ।