एक वर्षमा १४ निर्जीवन कम्पनीद्वारा १ खर्ब ३७ अर्ब बिमा नविकरण शुल्क आर्जन

नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १४ वटा जीवन बिमा कम्पनीले १ खर्ब ३७ अर्ब ७३ करोड २ लाख रुपैयाँ नवीकरण बिमाशुल्क आर्जन गरेका हुन् ।

काठमाडौं । गत आर्थिक वर्षमा १४ वटा जीवन बिमा कम्पनीले १ खर्ब ३७ अर्ब ७३ करोड २ लाख रुपैयाँ नवीकरण बिमाशुल्क आर्जन गरेका छन् । 

नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १४ वटा जीवन बिमा कम्पनीले १ खर्ब ३७ अर्ब ७३ करोड २ लाख रुपैयाँ नवीकरण बिमाशुल्क आर्जन गरेका हुन् । अघिल्लो वर्ष असारसम्म कम्पनीहरुले १ खर्ब २१ अर्ब ९८ करोड २१ लाख रुपैयाँ नवीकरण बिमाशुल्क आर्जन गरेकामा बिमा कम्पनीले गत गर्ष भने त्यसको तुलनामा १२.९१ प्रतिशतले बढी नविकरण बिमाशुल्क आर्जन गरेका हुन् । 

गत आर्थिक वर्षमा सर्वाधिक नवीकरण बिमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ रहेको भने बढोत्तरीको हिसाबले रिलायबल नेपाल लाइफ अग्रस्थानमा रहेको छ।

समीक्षा अवधिमा नेपाल लाइफले ३७ अर्ब २९ करोड ५० लाख रुपैयाँ नवीकरण बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा नेपाल लाइफले ३२ अर्ब ८२ करोड ७४ लाख रुपैयाँ नवीकरण बिमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा १२.९१ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षमा दोस्रो सर्वाधिक नवीकरण बिमाशुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ । यो कम्पनीले समीक्षा वर्षसम्म १६ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ नवीकरण बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षमा कम्पनीले १५ अर्ब ५० करोड २७ लाख रुपैयाँ नवीकरण बिमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नवीकरण बिमाशुल्क ८.९३ प्रतिशतले बढेको छ ।

तेस्रोमा नेसनल लाइफ रहेको छ। कम्पनीले समीक्षा वर्षमा १६ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ नवीकरण बिमाशुल्क आर्जन गरेको छ ।

अघिल्लो वर्षमा यो कम्पनीले १४ अर्ब १४ करोड ६७ लाख रुपैयाँ नवीकरण बिमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नवीकरण बिमाशुल्क १५.७८ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षमा हिमालयन लाइफले १४ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ नवीकरण बिमाशुल्क उठाएको छ । अघिल्लो वर्षमा कम्पनीले १४ अर्ब ३ करोड ५६ लाख रुपैयाँ उठाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बिमाशुल्क ५.७८ प्रतिशतले बढेको छ ।

यसैगरी समीक्षा वर्षमा राष्ट्रिय जीवन बिमा कम्पनीले ८ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ८ अर्ब ११ लाख रुपैयाँ, एसियन लाइफले ७ अर्ब ५ करोड ५ लाख रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब १५ करोड ४८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८८ करोड ४५ लाख रुपैयाँ र मेट लाइफले ४ अर्ब ८० करोड ८२ लाख रुपौयाँ नवीकरण शुल्क आर्जन गरेका छन् । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा यी सबै कम्पनीको नवीकरण शुल्क बढेको छ ।

गत आर्थिक वर्षमा आइएमई लाइफले ३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ५३ करोड १५ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ८० करोड ८ लाख रुपैयाँ नवीकरण बिमाशुल्क आर्जन गरेका छन् ।