सुनको मूल्य तोलामा २ सय घट्यो
साउन २५ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। यस दिन चाँदीको मूल्य भने सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घटेको हो। अघिल्लो दिन अर्थात गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य तोलाको ५ रुपैयाँ बढेको छ। गत शुक्रबार तोलाको २ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार ३ सय ३० रुपैयाँ कायम भएको छ।