सिटी होटलको हकप्रद शेयर आवेदन दिने आज अन्तिम दिन

साउन २६ गते सोमबार, सिटी होटलको हकप्रद शेयर आवेदन दिने आज अन्तिम दिन रहेको छ।

सिटी होटलले ८० प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनार्थ भोलि अर्थात् साउन २७ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सिटि होटलको शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

सिटि होटलले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न साउन ४ गते अनुमति दिएको थियो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।