१० बैंकले कमाए साढे ३२ अर्ब नाफा, नबिल एक्लैको ७ अर्ब बढी

काठमाडौं । मंगलबार (साउन २७) सम्म १० वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१–८२ को आफ्नो अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० मध्ये १९ बैंक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत छन् । त्यसमध्ये वित्तीय विवरण सार्वजनिक गरेका १० बैंकले गत वर्ष ३२ अर्व ३७ करोड २१ लख ३९ हजार रुपैयाँ नाफा कमाउन सफल भएका छन् ।

प्रकासित वित्तीय विवरण अनुसार यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक दरिएको छ । नबिलले पछिल्ला केही वर्षदेखी आफूलाई अब्बल सावित गर्दै आएको छ । 


नबिल बैंक

गत वर्ष नबिलले ७ अर्व १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको ६ अर्ब १९ करोड ७१ लाख ९ हजार रुपैयाँको तुलनामा १५.०१ प्रतिशतले बढी हो । ४ अर्ब ७७ करोड ३० लाख ५९ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको नबिलको लाभांश दिने क्षमता (सम्भावित) १७.६४ प्रतिशत छ । प्रतिसेयर आम्दानी २६.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २३५.५८ रुपैयाँ रहेको नबिलको खराब कर्जा ४.२७ प्रतिशत छ ।


एभरेस्ट बैंक

दोस्रो सूचीमा रहेको एभरेस्ट बैंकले गत वर्ष ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ । वितरणयोग्य नाफा ४ अर्ब ९५ करोड ४४ लाख ७० हजार रुपैयाँ रहेको एभरेस्टको प्रति सेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा र प्रति सेयर आम्दानी ३७ रुपैयाँ ९९ पैसा छ । गत आवको नाफाबाट लाभांश बाँड्न सक्ने (सम्भावित) क्षमता ३८.२७ प्रतिशत रहेको बैंकको गत असारमा निष्क्रिय कर्जा ०.३८ प्रतिशत छ ।


कृषि विकास बैंक

एभरेस्ट पछ्याईरहेको कृषि विकास बैंकले गत वर्ष ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ । प्रति सेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा र प्रति सेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा रहेको कृषि विकासले गत आवको नाफाबाट १५.५८ प्रतिशत लाभांश बाँड्ने क्षमता (सम्भावित) राख्छ । गत असारसम्म कृषि विकासको निष्क्रिय कर्जा ३.२६ प्रतिशत छ ।


सिद्धार्थ बैंक

गत वर्ष सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार रुपैयाँ नाफा गरेको छ । वितरणयोग्य नाफा १ अर्ब ८६ करोड २७ लाख ८७ हजार रुपैयाँ रहेको सिद्धार्थको प्रति सेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा र प्रति सेयर आम्दानी २४ रुपैयाँ १० पैसा छ । बैंकको लाभांश क्षमता (सम्भावित) १३.२२ प्रतिशत रहेको सिद्धार्थको निष्क्रिय कर्जा २.६२ प्रतिशत छ ।


एनएमबी बैंक

एनएमबि बैैकले गत एक वर्षमा ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ नाफा गरेको छ । २ अर्ब ३३ लाख ८ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको एनएमबीको सेयरधनीलाई लाभांश दिने क्षमता (सम्भावित) १०.४० प्रतिशत छ । ३.७२ प्रतिशत खराव कर्जा रहेको एनएमबीको प्रति सेयर आम्दानी १५.१० रुपैयाँ र प्रति सेयर नेटवर्थ १७६.८१ रुपैयाँ छ ।


सानिमा बैंक

सानिमा बैंकको गत आवमा २ अर्ब ५७ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा गरेको छ । यस अवधिमा वितरणयोग्य नाफा २ अर्ब ७८ करोड ७ लाख २० हजार रुपैयाँ छ । बैंकको प्रति सेयर नेटवर्थ १६८ रुपैयाँ ८३ पैसा हुँदा प्रति सेयर आम्दानी १८ रुपैयाँ ९३ पैसा छ । निष्क्रिय कर्जा ३.०१ प्रतिशत सानिमाको लाभांश क्षमता (सम्भावित) २०.४७ प्रतिशत छ ।


माछापुच्छ्रे बैंक

गत आर्थिक वर्षमा माछापुच्छ्रे बैंकले २ अर्ब १४ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ । १ अर्ब ७ करोड २९ लाख ३५ हजार रुपैयाँ वितरण योग्य नाफा रहेको माछापुच्छ्रेको लाभांश क्षमता (सम्भावित) ९.२३ प्रतिशत छ । प्रति सेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा र प्रति सेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा रहेको माछापुच्छ्रेको गत असारमा निष्क्रिय कर्जा ३.८३ प्रतिशत छ ।


कुमारी बैंक

गत वर्ष कुमारी बैंकले २ अर्ब ११ करोड ६४ लाख ९ हजार रुपैयाँ नाफा गरेको छ । कुमारीको अझैपनि वितरण योग्य नाफा ऋणात्मक भएकाले लाभांश दिने क्षमता पनि ऋणात्मक छ । प्रति सेयर नेटवर्क १४२ रुपैयाँ १९ पैसा र प्रति सेयर आम्दानी ८ रुपैयाँ ७ पैसा रहेको कुमारीको निष्क्रिय कर्जा ६.४२ प्रतिशत छ ।


हिमालयन बैंक

हिमालयन बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५१ करोड २५ लाख ३२ हजार रुपैयाँ नाफा गरेको छ । वितरणयोग्य नाफा ७ अर्ब १० करोड १५ लाख २७ हजार रुपैयाँले ऋणात्मक रहेको हिमालयनको लाभांस बाँड्ने क्षमता (सम्भावित) ऋणात्मक नै छ । प्रतिसेयर आम्दानी ६.९८ रुपैयाँ रहेको हिमालयनको प्रतिसेयर नेटवर्थ १७५.०७ रुपैयाँ छ । हिमालयनको खराब कर्जा ७.२८ प्रतिशत छ ।


सिटिजन्स बैंक इन्टरनेशनल

सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ । सिटिजन्सको नाफा वित्तीय विवरण सार्वजनिक भएकामध्ये सबैभन्दा कम हो । वितरणयोग्य नाफा ७७ करोड ५४ लाख रुपैयाँ रहेको रहेको सिटिजन्सको लाभांश वितरण क्षमता (सम्भावित) प्रतिसेयर ५.२५ प्रतिशत छ । प्रतिशेयर आम्दानी ८ रुपैयाँ ७६ पैसा रहेको सिटिजन्सको प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा छ । सिटिजन्सको खराब कर्जा ४.९४ प्रतिशत छ ।