सिटि होटलको शेयरमूल्य समायोजनसँगै लाग्यो सकारात्मक सर्किट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलबार सिटि होटलको शेयर मूल्य समायोजन गरेसँगै खुलेको कारोबारमा सकारात्मक सर्किट लागेको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको थियो । तर, मंगलबार कारोबार खुलेसँगै सिटीको मूल्यमा सकारात्मक सर्किट लागेको हो । 

कम्पनीले ८० प्रतिशत हकप्रद सेयर दिने नीति अंगिकार गरेअनुरुप नेप्सेले मूल्य समायोजन गरेको थियो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ५७८ रुपैयाँ ४२ पैसाबाट ९.९९ प्रतिशत बढेर ६३६ रुपैयाँ २० पैसामा कारोबार भएको छ । सोमबार सिटिको अन्तिम मूल्य ९६१ रुपैयाँ १५ पैसा थियो ।