२८०० बाट ओरालो लाग्यो नेप्से, कारोबार रकम ७ अर्ब पनि पुगेन
सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) घट्ने क्रमले मंगलरबार पनि निरन्तरता पाएको छ । १५ मिनेटको औसत मूल्य समायोजनपछि नेप्से २६.२२ अंकले घटेर २७९६.२४ अंकमा झरेको छ ।
सोमबार २८२२.४६ अंकमा रोकिएको नेप्से मंगलबार सुरुवाती कारोबारमा २८२८.५७ अंकसम्म पुगेको भएपनि त्यसपछि भने दिनभर सोमबारको तुलनामा घटेर कारोबार भएको छ ।
मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । मंगलबार ६ अर्व ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ७६ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ ।