स्वार्थ समूह हावी हुँदा गलत कानुन बन्दा रहेछन् : सांसद न्यौपाने

काठमाडौं। नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले स्वार्थ समूह हावी हुँदा गलत कानुन बन्न पुग्ने आफ्नो अनुभव रहेको बताएकी छन् ।

केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै वटा ऐन संशोधन प्रस्ताव ल्याउने र संसद्मा त्यसबारे कमै मात्र छलफल हुने प्रवृतिले पनि समस्या पार्ने गरेको उनको भनाइ छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले धेरै ऐन एकैपटक संशोधन गर्दा अर्थको अनर्थ लाग्ने शब्दहरूसमेत ऐनमा पर्ने गरेको बताइन् ।

‘कहिलेकाहीँ स्वार्थ समूह हावी भएर गलत कानुनहरू पनि बन्दा रहेछन् । विगतका एक दुइटा घटनाले यसको पुष्टि समेत गर्दछ’ उनले भनिन् ।