विद्युत विक्री बढ्दा बुटवल पावरको नाफा बढ्यो, प्रतिशेयर आम्दानी ९४ पैसा बृद्धि
कुल नाफा २३.९२ प्रतिशतले बढेको बुटवल पावरको सञ्चालन नाफा पनि २४.३४ प्रतिशतले बढेको छ । यद्यपी यसअवधिमा अन्य आम्दानी भने ६.७४ प्रतिशतले घटेको छ ।
काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षमा २२ करोड ६१ लाख खुद नाफा कमाएको छ । जुन नाफा अघिल्लो वर्षको १९ करोड ३९ लाख रुपैयाँको तुलनामा १६.५८ प्रतिशतले बढी हो ।
बुटवल पावरले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै गत वर्ष विद्युत बिक्री आम्दानी ५.७९ प्रतिशत बढेर ७३ करोड ३७ लाख रुपैयाँ पुगेको उल्लेख गरेको छ । कुल नाफा २३.९२ प्रतिशतले बढेको बुटवल पावरको सञ्चालन नाफा पनि २४.३४ प्रतिशतले बढेको छ । यद्यपी यसअवधिमा अन्य आम्दानी भने ६.७४ प्रतिशतले घटेको छ ।
खुद नाफा बढेको बुटवल पावरेको प्रतिशेयर आम्दानी पनि ९४ पैसा बढेर ६ रुपैयाँ ६३ पैसा पुगेको छ । गत असारमा कम्पनीको प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ २ पैसा छ भने मूल्य आम्दानी अनुपात १४४.३९ गुणा छ । यसअघि नै हकप्रद सेयर दिने घोषणा गरेका कारण कम्पनीको सेयर मूल्य बढिरहेको थियो । ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बुटवल पावरको अन्य इक्विटी ३ अर्ब ६८ करोड २४ लाख रुपैयाँ छ ।