नेपाल माइक्रो इन्स्योरेन्सको नाफा घट्यो
नेपाल माइक्रो इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १६ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.९१ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले २९ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बिीमा शुल्क ३१०.३६ प्रतिशत र कुल आम्दानी १०३.१३ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको कुल दाबी ३७७.०१ प्रतिशत र कुल खर्च ११०.२५ प्रतिशत बढेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३४ पैसा घटेर २२ पैसामा सीमित भएको छ । गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ८६ पैसा रहेको छ ।
७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडामा ४३ लाख १८ हजार रुपैयाँ, महाविपत्ती कोषमा ४ लाख ३१ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग ५७ लाख रुपैयाँ र अन्य इक्विटी ९३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।