कुथेली बुखरीको नाफासँगै घट्यो प्रतिसेयर आम्दानी
कुथेली बुखरी स्मल हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८९ लाख ३८ हजार रुपैयाँ मात्र यस्तो नाफा कमाएको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ४३.२८ प्रतिशत घटेको हो ।
विद्युत बिक्री आम्दानी सामान्य घटेको र खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७.८० प्रतिशत घटेर ३ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ६.०३ प्रतिशत घटेको छ भने सञ्चालन नाफा ३.९९ प्रतिशत घटेको छ । कम्पनीको ह्रासकट्टी खर्च भने समीक्षा अवधिमा ३२४.८२ प्रतिशत बढेको छ ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ २६ पैसा घटेर ६ रुपैयाँ ६७ पैसामा झरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात २८६।४६ गुणा रहेको छ ।
१३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ९२ लाख रुपैयाँ सञ्चित छ ।