सुनको मूल्य प्रतितोला सय रुपैयाँ बढ्यो
साउन २९ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन सुन प्रतितोला सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात बुधबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला २ हजार ३ सय ४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो बुधबारको बजारमा चाँदी २ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।