गार्डियन माइक्रोको नाफा ६ करोड, प्रतिसेयर आम्दानी ८.०२ रुपैयाँ
कम्पनीको कुल आम्दानी ८ करोड ६६ लाख ५४ हजार रुपैयाँबाट बढेर ४७ करोड ७ लाख ६५ हजार रुपैयाँ पुगेको छ । त्यसैगरि कुल खर्च ८ करोड ७७ लाख रुपैयाँबाट बढेर ४१ करोड ५ लाख रुपैयाँ पुगेको छ ।
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ६ करोड १ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको २२ लाख २९ हजार रुपैयाँको तुलनामा करीव २६०० प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष ३ करोड ६९ लाख ९२ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको गार्डियनले यसअवधिमा ३९ करोड ९५ लाख ९९ हजार रुपैयाँ उठाएको छ ।
कम्पनीको कुल आम्दानी ८ करोड ६६ लाख ५४ हजार रुपैयाँबाट बढेर ४७ करोड ७ लाख ६५ हजार रुपैयाँ पुगेको छ । त्यसैगरि कुल खर्च ८ करोड ७७ लाख रुपैयाँबाट बढेर ४१ करोड ५ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा गार्डियनको प्रतिशेयर आम्दानी ०.४२ रुपैयाँबाट बढेर ८ रुपैयाँ २ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ३० पैसा कायम भएको छ । चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको गार्डियनको महाविपत्ति कोषमा ६२ लाख रुपैयाँ र जगेडा कोषमा ४ करोड ८१ लाख रुपैयाँ छ ।